अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
४० पटक हेरिएको
Shares
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या

सारांश

  • बिराटनगर १ भदौ ।
  • मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीउ  ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्।
  • चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्।

बिराटनगर १ भदौ ।मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीउ  ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्। चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्।

प्रहरीका अनुसार शुक्रबार विहान उनीहरु दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।

सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए।

आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको र आफुले नजानु भन्दा पनि अष्ट्रेलिया जान लागेकोले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्।

उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए।
शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्छ। जसमा जीवनभर उनी जेल बस्नुपर्ने सजाय हुनसक्छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Yam B Paudyal

    मुला अब बस मामा घरकाे दाल पिउदै??

    Comment Author

    Rabindra Dangi

    यसतालाई जेल हाेईन फासिहुनुपरछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
सीपीएलः सन्दिपले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने
सीपीएलः सन्दिपले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
महारानी इन्दु (राजेश्वरी) – भाग दुई
महारानी इन्दु (राजेश्वरी) – भाग दुई

तपाईंले छुटाउनुभयो कि?