असार २३ गते सोमबारको राशीफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २३, २०७६
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन ।
  • नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
  • बौद्धिक काममा सफलता मिल्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । अधुरो काम पूरा हनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवसायका लागि यात्राको सम्भावना पनि छ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याूउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग
कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
एक वर्ष मा ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियान
एक वर्ष मा ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियान
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)

तपाईंले छुटाउनुभयो कि?