अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता

सारांश

  • अस्बिन खडका उदयपुर, ९ चैत ।
  • प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बोक्सेस्थित उदयपुर जिल्ला अस्पतालको निरीक्षण गरेका छन् ।
  • जिल्ला अस्पतालको विषयमा व्यापक जनगुनासो आएपछि मन्त्री घिमिरेसहित प्रदेश सांसदहरुले जिल्ला अस्पतालको निरीक्षण गरेका थिए ।

अस्बिन खडका
उदयपुर, ९ चैत । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बोक्सेस्थित उदयपुर जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला अस्पतालको विषयमा व्यापक जनगुनासो आएपछि मन्त्री घिमिरेसहित प्रदेश सांसदहरुले जिल्ला अस्पतालको निरीक्षण गरेका थिए ।

जिल्ला अस्पतालमा अकस्मात मन्त्री उपस्थित भएपछि अस्पताल प्रशासन र डाक्टरसमेत आश्चर्यमा परेका थिए । जिल्लामा रहेको अस्पतालका मेडिकल अधिकृत र डाक्टरको कोठामा ठूला ठूला ताल्चा लगाएको पाइएको थियो । स्वास्थ्यकर्मीहरुबाट आफूहरुले काम चलाउँदै आएको र राम्रा डाक्टर नहुँदा बिरामीले सास्ती खेपिरहेको विरामीहरुले नै बताएका थिए । त्यसपछि मन्त्री घिमिरेले सबैको सरकारी तलब भत्ता खाएर अस्पतालमा नआउने र क्लिनिकमा बस्ने डाक्टरहरुलाई आफूले कारबाही गर्नेे प्रतिवद्धता जनाएका थिए ।

अस्पतालमा अहिले डाक्टर नभएकाले स्वास्थ्यकर्मीहरुबाट काम गराइरहेको अस्पताल प्रशासनका बृषबहादुरले बताएका थिए । डाक्टरहरु साधारण तलब मात्र पाउने हुँदा जिल्लामा सधै नबस्ने र बसेका डाक्टर समेतले ७ महिनादेखि तलब नपाएको एक डाक्टरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

तपाईंले छुटाउनुभयो कि?