आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
सारांश
- भरतपुर : वाम गठबन्धनको विषयमा मंगलबार आयोजित चुनावी सभाका सहभागीहरू भावुक भए।
- मञ्चको अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको तीन वटा ठूला तस्बिर राखिएको थियो।
- केही दिनअघि चुनावी प्रचारका क्रममा बुवासँगै चितवन आउँदा निटकबाट देखेका कार्यकर्ता उनको तस्बिर देख्दा मलिन भए।
भरतपुर : वाम गठबन्धनको विषयमा मंगलबार आयोजित चुनावी सभाका सहभागीहरू भावुक भए। मञ्चको अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको तीन वटा ठूला तस्बिर राखिएको थियो। केही दिनअघि चुनावी प्रचारका क्रममा बुवासँगै चितवन आउँदा निटकबाट देखेका कार्यकर्ता उनको तस्बिर देख्दा मलिन भए। वाम गठबन्धनको चुनावी प्रचारका लागि पूर्वनिर्धारित सभा हुने÷नहुने अन्योल थियो। अध्यक्ष दाहालले सभा नरोक्न निर्देशन दिएसँगै कार्यक्रममा उनी आउने खबरले कार्यकर्ताको ओइरो लाग्यो।
दिउँसो साढे एक बजे एमाले अध्यक्ष केपी ओलीसँगै मञ्चमा उक्लिएका प्रचण्डले मलिन अनुहारमा कार्यकर्तालाई हात हल्लाएर अभिवादन गरे। उनीसँगै स्टेज चढेकी प्रचण्डपत्नी सीता, बुहारी बीना मगर, छोरीहरू रेणु र गंगाको आँखा ओभानो थिएन। अगाडि रहेका ठूला तस्बिरले उनीहरूलाई सम्हालिन गाह्रो बनाएको थियो।
दुई दिनअघि मात्र पुत्रवियोग बेहोरेका दाहाल दम्पती सभा अविधिभर मलिन देखिए। केन्द्रीय बस ट्रमिनलमा भएको चुनावी सभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले सम्बोधन गरिरहँदा मञ्चमै रहेका दाहाल दम्पती निकै भावुक देखिन्थे।
प्रकाश दाहालको श्रद्धाञ्जलीमा सभा केन्द्रित थियो। वक्ताले सम्बोधनको सुरुमा प्रकाशबारे सम्बोधन गर्दा परिवारका सदस्यका आँखा रसाएका थिए। माओवादी पोलिटब्युरो सदस्य सूर्य सुवेदीले प्रकाशका बारेमा जीवनी पढेर सुनाएका थिए। ‘आज एउटा प्रकाश गए पनि हजारौं प्रकाश तपाईंको साथमा छन्’, सुवेदीले भने। यो सुन्दा प्रकाशकी आमा सीता सभास्थलमै भक्कानिएकी थिइन्। उनी पटक-पटक मुख छोपेर रोएकी थिइन्।
हरेक कार्यक्रममा साथ रहने छोरा नहुँदा पुष्पकमल दाहाल कार्यक्रमअवधिभर नै निराश थिए। पत्नीलाई सान्त्वना दिए पनि प्र्रचण्ड आफैं सम्हालिन नसकेका जस्ता देखिन्थे। बेला-बेलामा उनले आफ्नो रोदन नियन्त्रण गरेको देखिन्थ्यो। प्रचण्डपत्नी सीता मञ्चमै भक्कानिएपछि आराम गर्न बाहिर लगिएको थियो। सीता दाहालसँगै बुहारी बीना र छोरी गंगा कार्यक्रमको बीच अवधिबाटै बाहिरिएका थिए।
उनी खुलेर बोल्न सकेका थिएनन्। कसैले प्रकाशको प्रसंग निकाले दाहाल दम्पतीको आँखा रसाएका थिए। चुनावी प्रचारका क्रममा एक साताअघि चितवन आउँदा पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसहित सम्बोधन गर्ने बताएका थिए। तर दाहालले सभालाई सम्बोधन गर्न सकेनन्। वाम गठबन्धनका शीर्ष नेता उपस्थित उक्त सभा अवधिभर दाहाल दम्पतीको अनुहार धमिलो थियो।
मञ्चअघि रहेको ठूलो तस्बिरमा श्रद्धाञ्जली दिन पुगेकी आमा सीता तस्बिर देखेर भक्कानिएकी थिइन। सँगै रहेका प्रचण्डले भने जसोतसो माल्यापर्ण गरेका थिए। माल्यापर्णकै लागि पुगेकी प्रकाशपत्नी बीना सम्हालिन नसकेपछि डाको छोडेर रुदाँ सहभागी भावुक बनेका थिए।
दाहाल दम्पती मात्र होइन सीता रोइरहँदा छेउमा बसिरहेका माओवादी केन्द्रका नेता रामबहादुर थापालगायत नेताका आँखा पनि रसाएका थिए।प्रचण्डको तर्फबाट उनको चुनावी सम्बोधन ओलीले राखेका थिए। गत आइतबार हृदयघातका कारण प्रचण्डपुत्र प्रकाशको निधन भएको थियो। प्रकाशको निधनपछि उनी पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी भएका थिए।
Mahesh Newar
Chora ko lass lai rajneti banauni bau??????????
निस राना मगर
धर्यधारण गर्ने शक्ति मिलोस,आफुले जन्म दियको छोरोलाइ सदाको लागि गुमाउनुको पीडा ती बाउआमालाइ मात्र थाह छ,चाहे ती जनयुद्ध का बेला छोरो छोरी गुमायका आमा बाउ श्रीमती हुन या प्रकासलाइ गुमायका प्रचण्ड सिता र बिना होउन…
Punam Mogor
Radhe Shyam Machamasi
Aba aafno chorako laas Lai Ni rajnity ma lagne bhayacha laaj pacheka haru
Kumar Tamang
Narunu aama dhilo chado sabiley janu nai cha
Shyam Shubham Giri
१७ हजार का अविभावक लाई कस्तो भा थ्यो होला ऊनिहरू ले एक पटक अनूभव गरे यिन्ले दूई पटक गरिसके अव दूई पटक गर्न बाँकी छ
Balram Lamichhane
हैट पुत्र बियाेगमा पनि यस्तरी दुख परिश्रम मा पार्दा अर्काे दुर्घटना पर्ला है
Sushil Shrestha
Khi din bides gayeni santi hunthiyo ki?