माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ

सारांश

  • काठमाडौ, ११ मंसिर ।
  •  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे गृह प्रदेश गुजरातमा नक्कली कम्पनी मार्फत २६० करोड भारतीय रुपैयाँ (४ अर्ब १६ करोड रुपैयाँ) घोटाला गर्ने एक ठग पोखरामा पक्राउ परका छन्।
  •  भारतको अहमदाबाद केन्द्रित ‘पोन्जी घोटाला’का मास्टर माईन्ड विनय साह गत बिहीबार पोखराको एक होटलबाट पक्राउ परेका हुन्।

काठमाडौ, ११ मंसिर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे गृह प्रदेश गुजरातमा नक्कली कम्पनी मार्फत २६० करोड भारतीय रुपैयाँ (४ अर्ब १६ करोड रुपैयाँ) घोटाला गर्ने एक ठग पोखरामा पक्राउ परका छन्। भारतको अहमदाबाद केन्द्रित ‘पोन्जी घोटाला’का मास्टर माईन्ड विनय साह गत बिहीबार पोखराको एक होटलबाट पक्राउ परेका हुन्। प्रहरीको अपराध अनुसन्धान विभागले भारतको अपराध अनुसन्धान विभाग (सिआईडी) र विशेष अनुसन्धान दस्ता (एसआईटी) का अधिकारीको सहयोगमा विनयलाई लेकसाईडको एक होटलबाट विदेशी मुद्रासहित पक्राउ गरेको हो। 

भारतीय अधिकारीहरुले विनयलाई भारत लैजान उच्च तहमा पहल गरिरहेका छन्। नेपाल-भारतबीच सुपुर्दगी सन्धि नभए पनि अनाैपचारिक रूपमा दुवै देशका सुरक्षा निकायले एक अर्कालार्इ अपराधी हस्तान्तरण गर्ने गरेका छन्। प्रहरीले विनयका साथमा रहेकी नेपाली महिला चन्दा थापा समेतलाई पक्राउ गरेको हो। थापा काठमाडाैं बसाेबास गर्ने महिला हुन्। हाल दुवैजना राजस्व अनुसन्धान विभागको हिरासतमा छन्। पोखरा प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया बरामद गरेको छ। विदेशी मुद्राको अवैध कारोबारमा मुद्दा अगाडि बढेपछि दुबै आरोपीलाई विभागको जिम्मा लगाईएको हो। विनय र उनकी श्रीमती भार्गवीले एक वर्षमै लगानी दोब्बर हुने योजना अन्तर्गत सर्वसाधारण भारतीयबाट ४ अर्ब बढी रकम संकलन गरेका थिए। डिजी लोकल र एलएलपी नामका दुई कम्पनी खडा गरेर ठगी भएको थियो।

सर्वसाधारण निक्षेप संकलनपछि विनय दम्पत्ती फरार भएका थिए। भारती सुरक्षा अधिकारीले यस घोटाला प्रकरणलाई चार्ल्स पोन्जीको नाममा पोन्जी घोटाला नामाकरण गरी अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनापछि उद्योगले मन्त्री पायाे
६ महिनापछि उद्योगले मन्त्री पायाे
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
‘काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं’
‘काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं’
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी
सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे
सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे
रोल्पाबाट ३ बालकको उद्धार
रोल्पाबाट ३ बालकको उद्धार
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !

तपाईंले छुटाउनुभयो कि?