आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १२, २०७६
|
|
६१ पटक हेरिएको
Shares
आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग

सारांश

  • काठमाडौं ।
  • पछिल्लो समय काठमाडौंवासीको मात्र नभइ काठमाडौं घुम्न आउने नेपाली र केही विदेशीको समेत आकर्षक घुमफिर गन्तव्यका रुपमा विकसित चन्द्रागिरीलाई विवादमा तान्ने फेरि प्रयास भएको छ ।
  • चन्द्रागिरीमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनुपर्ने भन्दै केही जनजाती नेताले प्रदर्शन गरेका छन् ।

काठमाडौं । पछिल्लो समय काठमाडौंवासीको मात्र नभइ काठमाडौं घुम्न आउने नेपाली र केही विदेशीको समेत आकर्षक घुमफिर गन्तव्यका रुपमा विकसित चन्द्रागिरीलाई विवादमा तान्ने फेरि प्रयास भएको छ ।

चन्द्रागिरीमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनुपर्ने भन्दै केही जनजाती नेताले प्रदर्शन गरेका छन् । आदीवासी जनजातीभित्र पनि अराजक नेताको उपमा पाएका आङकाजी शेर्पालगायतले बुधबार चन्द्रागिरी पुगेर यस्तो प्रदर्शन गरेका हुन् ।

शेर्पासहितको जनजाती टोलीले चन्द्रागिरीमा किर्ती लक्ष्मीको तस्बिर देखाउँदै प्रदर्शन गरेका हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई जनहत्याराको आरोप लगाउँदै शेर्पाले कीर्तिलक्ष्मीका बारे प्रशंशा गरेका छन् ।

उनका अनुसरा पृथ्वीनारायण शाहसंग पुरूषको भेष लगाएर साहसिक महिला योद्धा किर्ती लक्ष्मीले युद्धा लडेकी थिइन् । युद्धमा लडदा किर्तीलक्ष्मीले आफ्नो नाम पुरूषको नाम भैरव सिंह राखेकी थिइन् ।

यस्तै, पृथ्वीनारायणका हजारौ सेनाले चारैतिरा घेरा हाल्दा किर्ती लक्ष्मी एक्लै धनुष र खुँडा लिएर साहसिक युद्ध लडेको शेर्पाले दावी गरेका छन् ।

उनै कीर्तिलक्ष्मीको नामबाट हालको कीर्तिपुर नाम राखिएको हो । पृथ्वी नारायणका सेनाले गिराफ्तार गरेर बन्दी बनाएको अवस्थामा उनी आफैंले आफ्नो जीवन समाप्त गरेको किंवदन्ती छ भने उनलाई अजिमा को रूपमा अहिले पनि पूजा गर्ने गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको दर्शन गरेको किँवदन्ती छ । तर, शाहले विजयपश्चात कीर्तिपुरका नेवारहरुको नाक काटेको भन्दै शेर्पाकै नेतृत्वमा विरोधका कार्यक्रम हुँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!
एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन
मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
फिफा वरियतामा नेपालको स्थान खस्कियो, शीर्ष स्थानमा बेल्जियम
रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल

तपाईंले छुटाउनुभयो कि?