‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३, २०७४
|
१
|
५९ पटक हेरिएको
Shares
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’

सारांश

  • नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
  • पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ ।
  • यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।”

नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकोे पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी गत वैशाख ३१ गते भएको निर्वाचनमा भने दुई स्थानमा मात्रै चित्त बुझाउनु परेको थियो ।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gopal Airee

    Rajadhaani suter kasari sudhaar hunch?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?