आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर

सारांश

  • काठमाडौं, मंसिर २५ – राष्ट्रिय बाणिज्य बैंकले आगामी पुसको पहिलो हप्ता पाँच सय ५० कर्मचारी भर्नाका लागि विज्ञापन खुलाउने भएको छ ।
  • गत असोज महिनामै विज्ञापन गर्ने योजना भएपनि समयमै कर्मचारी विनियमावली शंसोधन हुन नसक्दा विज्ञापन खुलाउन केहि ढिलो भएको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।
  • अहिले कर्मचारी विनियमावली शंसोधन कार्य अन्तिम चरण पुगेको छ ।

गत असोज महिनामै विज्ञापन गर्ने योजना भएपनि समयमै कर्मचारी विनियमावली शंसोधन हुन नसक्दा विज्ञापन खुलाउन केहि ढिलो भएको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । अहिले कर्मचारी विनियमावली शंसोधन कार्य अन्तिम चरण पुगेको छ ।

लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । नेपाल राष्ट्र बैंकबाट उक्त फाइल स्वीकृत हुने वित्तिकै विज्ञापन गर्ने तयारीमा बाणिज्य बैंक जुटेको श्रेष्ठको भनाई छ । उनले पुस पहिलो साता विज्ञापन गर्न नसकेको खण्डमा बैंकलाई जनशक्ति अभावमा कार्यसम्पादन गर्न गाह्रो हुने अवस्था आउने बताए । यो वर्ष ४३ वटा शाखा बढाउने तयारी रहेको र भर्ना प्रक्रिया समयमा गर्न नसके सबै कुरा प्रभावित हुने श्रेष्ठको भनाई छ ।

राष्ट्रिय बाणिज्य बैंकको परीक्षाका लागि तयारी गरिरहेको परिक्षार्थीहरुलार्इ सुझाब दिदै सिइओ श्रेष्ठले भने लोकसेवा आयोगले जाँच लिने हो, कुनै सोर्स लाग्दैन, त्यसैले ढुक्क भई पढ्नुहोस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?