आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ३०, २०७६
|
|
५९ पटक हेरिएको
Shares
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने

सारांश

  • काठमाडौँ– पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् ।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले विधेयकले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप आर्थिक विकास, सामाजिक न्याय र सुशासन हाँसिल गर्ने उद्देश्य निश्चित गरेको बताए ।
  • सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताले समग्रतामा सहि विचार, सहि दृष्टिकोण आत्मसात गरेको बताए ।

काठमाडौँ– पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले विधेयकले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप आर्थिक विकास, सामाजिक न्याय र सुशासन हाँसिल गर्ने उद्देश्य निश्चित गरेको बताए ।

सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताले समग्रतामा सहि विचार, सहि दृष्टिकोण आत्मसात गरेको बताए । उनले आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा परेको पनि बताए ।

विगत निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धतालाई पनि विनियोजन विधेयकले आत्मसात गरेको उनले बताए । उनले भने, ‘सामाजिक न्याय सहितको तिव्र आर्थिक विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारी, फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने संकल्प बोकेको छ ।’

विनियोजन विधेयकले रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षा जस्ता मौलिकहकहरुको पक्षमा उभिएको भन्दै सांसद पौडेलले यो विधेयकले विकास अभियानका सन्दर्भमा नया र गुणात्मक सन्देश दिएको बताए ।

संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउनुपर्नेछ । जसअनुरुप नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ । अहिले पूर्व बजेट छलफल चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाभियोग प्रस्ताव फिर्ता लिनुस्:राष्ट्रपति
महाभियोग प्रस्ताव फिर्ता लिनुस्:राष्ट्रपति
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
भारतीय मोस्ट वान्टेड नीरव मोदी लण्डनमा पक्राउ
भारतीय मोस्ट वान्टेड नीरव मोदी लण्डनमा पक्राउ
चर्को ब्याजको समस्या हल गर्न सांसदको माग
चर्को ब्याजको समस्या हल गर्न सांसदको माग
थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने
थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
फुटबल टोली भारत प्रस्थान
फुटबल टोली भारत प्रस्थान
स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य
स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय

तपाईंले छुटाउनुभयो कि?