आजदेखि सोह्रश्राद्ध शुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
आजदेखि सोह्रश्राद्ध शुरु

सारांश

  • काठमाडौँ, ९ असोज ।
  • प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।
  • आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

काठमाडौँ, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको बताइन्छ । सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!
गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा  ढुक्क भए ।
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा ढुक्क भए ।
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुदै
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
एमाले, काँग्रेस, माओवादीले उम्मेदवार निर्धारण गरे
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित

तपाईंले छुटाउनुभयो कि?