आज ऋषिपञ्चमी पर्व मनाइँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०८०
|
|
५४ पटक हेरिएको
Shares
आज ऋषिपञ्चमी पर्व मनाइँदै

सारांश

  • काठमाडौं।
  • ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
  • प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

काठमाडौं। ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

महिलामा रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।

यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन्। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआराधना गर्ने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
एमालेबाट सम्भावित मन्त्रीको सूचीमा को को ?
एमालेबाट सम्भावित मन्त्रीको सूचीमा को को ?
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
आजको राशिफल
आजको राशिफल
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ  अाफ्नाे अन्तिम चाहना सुनाए ..
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ अाफ्नाे अन्तिम चाहना सुनाए ..
आज जेठ १९ गते, कुन राशीलाई कस्तो कस्तो छ दिन ?

तपाईंले छुटाउनुभयो कि?