आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०७५
|
|
६० पटक हेरिएको
Shares
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज बुधबार बस्दैछ ।
  • चलिरहेको स्थायी कमिटीको वैठकमा ४६ जना सदस्यले पार्टी र सरकार सञ्चालनबारे सुझाव राखेका थिए ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज बुधबार बस्दैछ । चलिरहेको स्थायी कमिटीको वैठकमा ४६ जना सदस्यले पार्टी र सरकार सञ्चालनबारे सुझाव राखेका थिए ।

तिनै सुझाव समेटेर आज बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उत्तर दिने कार्यक्रम छ ।

मंसिर २९ देखि शुरु भएको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो । वैठकमा स्थायी कमिटीका ४६ जन सदस्यले विचार राखिसकेका छन् ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंगठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको एक नेताले बताएका छन् । बैठकमा पार्टी, सरकारका कामकाबारे नेताले धारणा राखेका थिए ।

नेताले पार्टी र सरकारमाथि विभिन्न भइरहेको आक्रमण अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्ने सुझाव दिएका थिए । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?