आज बस्ने संसद बैठक पनि कांग्रेसले अवरोध गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
आज बस्ने संसद बैठक पनि कांग्रेसले अवरोध गर्ने

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार दिउँसो तीन बजेका लागि  बोलाएको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ।
  • आफ्ना दुई जना पूर्व सभापति तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्ने तयारी गरेको भन्दै काँग्रेसले संसद अवरोध जारी रहने बताएको छ।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार दिउँसो तीन बजेका लागि  बोलाएको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ। आफ्ना दुई जना पूर्व सभापति तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्ने तयारी गरेको भन्दै काँग्रेसले संसद अवरोध जारी रहने बताएको छ। 
गिरिजा प्रसादको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेको खजुरामा अस्पताल स्थापना गरिएको छ। सरकारले यी अस्पताल सञ्चालनका लागि आवश्यक बजेट नभएको बताएको छ। प्रधानमन्त्री केपी ओलीले संसदमा यो विषयमा बोल्दै ‘बजेट छैन, थप छलफल गर्नुपर्ने छ’ भनेका थिए। प्रधानमन्त्री ओलीको यस्तो जवाफले काँग्रेस थप शसंकित बनेको छ। 
केही दिन पहिला स्वास्थ्य मन्त्रालयले देशका ११ वटा अस्पताललाई संघीय सरकार मातहत राख्न प्रस्ताव क्याविनेटमा लगेको थियो । तर, क्याविनेटले तनहुँको गिरिजा प्रसाद स्वासप्रश्वास अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालबाहेक अन्य अस्पताललाई संघीय सरकार मातहत ल्याउने  निर्णय गरेको छ। सरकारले यी दुई अस्पतालबारे कुनै निर्णय नगरेर विघटनको तयारी गरेको भन्दै काँग्रेसले आपत्ति जनाउँदै आएको छ । 
सोमबार संसदको बैठकमा काँग्रेस संसदीय दलका उप नेता विजयकुमार गच्छदारले काँग्रेुसले गरेका हरेक निर्णय उल्ट्याउने भए वीपी राजमार्गको पनि नाम परिवर्तन गर्न चुनौती दिएका थिए । उनले माओवादीसँगको शान्ति सम्झौता पनि काँग्रेस सरकारले नै गरेको भन्दै त्यसलाई पनि उल्ट्याउन चुनौती दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
दलितको आरोपमा जागिरबाट निकालेको भन्दै कारबाहीको माग
दलितको आरोपमा जागिरबाट निकालेको भन्दै कारबाहीको माग
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार

तपाईंले छुटाउनुभयो कि?