आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

सारांश

  • काठमाडौँ ।
  • आज, वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी पर्व, माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण दिन ।
  • माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ।

काठमाडौँ । आज, वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी पर्व, माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण दिन ।

माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ।

यसवर्ष आज माघ १६ गते बिहीबार गुरु बृहस्पतिकै बारमा पञ्चमी तिथि परेकाले पनि यो बर्षको सरस्वती पूजालाई बिशेष रुपमा हेरिएको छ।

विद्यामा कमजोर विद्यार्थीहरुले यसदिन सरस्वती कवच बनाएर धारणा गरे वर्षभरि नै सरस्वतीको आशिर्वाद रहिरहने शास्त्रमा उल्लेख गरिएको छ।

यस्तो संयोग परेको समयमा विद्या आरम्भ गर्नका लागि अति नै शुभ हुने भएकाले साधनामा लाग्नेहरुका लागि भने विशेष दिन रहनेछ।

शास्त्रमा वर्णन भएअनुसार यस पवित्र दिनमा भगवान विष्णु तथा कामदेवको पूजाको पनि वर्णन गरिएको छ।

सर्व प्रथम भगवान श्रीकृष्णले ज्ञानादृष्टादी श्री सरस्वतीको पूजा गरेर दिव्य ज्ञान प्राप्त गरेकाले पनि पञ्चमी तिथिलाई पूर्ण तिथिका रुपमा पूर्ण ज्ञानप्राप्तिको कामनाले पूजा तथा आरधना गर्ने नियम रहिआएको शास्त्रमा उल्लेख गरिएको छ।

विद्या आरम्भ गर्नेका लागि यस वर्षको सरस्वती पूजाको दिन निक्कै शुभ रहने हुनाले यसै दिनदेखि सुरु गर्दा कुनै प्रकारको साइत हेरिरहनु नपर्ने ज्योतिषीहरुले बताउने गरेका छन्।

यस्ता प्रकारका मुहुर्तको जानकारी गराउनका लागि ज्योतिष शास्त्रले खगोलीय गणना गरेर विशेष प्रकारको मुहुर्त हरेक बर्ष निर्धारण गर्ने गर्दछ।

षड्शास्त्रहरुमध्ये ज्योतिष विज्ञान पनि एक हो। ज्योतिषलाई वेदको तेस्रो आँखा भनेर परिभाषित गरिएको छ।

वेदको सही ज्ञान प्राप्त गर्नको लागि ज्योतिषको ज्ञान हुनु आवश्यक छ । महाप्रतापी त्रिलोकपति रावण जसले चार वेद कण्ठस्थ बनाएका थिए।

उनी ज्योतिषका सिद्ध ज्ञाता पनि हुन् जसले रावण संहिता ग्रन्थको नै रचना गरेका थिए । जसको बलबाट उनले शनि र यमराजलाई आफ्नो वसमा पार्न सफल भएका थिए।

यस्ता प्रतापी राजा रावणले सरस्वतीलाई इष्ट मानेर उपाशना तथा पुजा गरेर शक्ति आर्जन गरेका थिए।

देवर्षि नारद भगवान् श्रीकृष्ण, भीष्मपितामह, कर्ण आदिले पनि सरस्वतीको उपाशना गरेकै कारणले समस्त शिक्षाका साथै पराक्रमी समेत भएका थिए।

ब्रह्माजीका मानस पुत्री सरस्वतीले दाजु भृगु ऋषिलाई दिव्य ज्ञान प्राप्ति पछि अहिलेसम्मकै शक्तिशाली ग्रन्थ भृगुसंहिता लेखेका थिए ।

छैटौं शताब्दिमा वराहमीहिरले बृहज्जातक, बृहत्संहिता र पञ्चसिद्धान्तिका नामक ग्रन्थ लेखेका थिए यस्ता प्रकारका विद्वान् महऋी हरुले पनि सरस्वतीलाई इष्टदेव मानेर पुजा गर्नेगरेको विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको छ।

वर्षभरीका गतिविधि तथा मुहूर्त हेर्नको लागि नीलकण्ठी, मुहूर्तचिन्तामणि, भावप्रकाश, मानसागरी, फलदीपिका, लघुजातकम् आदि ग्रन्थहरुमा हरेक प्रकारका कर्म गर्नका लागि छुट्टाछुट्टै मुहर्त निर्धारण गरेका थिए।

सरस्वतीपुजाको दिन कुनै पनि प्रकारका साइत तथा मुहुर्त हेर्न नपर्ने तथा यस दिन गरिएका हरेक कर्महरु सिद्ध हुने समेत शास्त्रमा उल्लेख गरिएको छ।

यस दिन हरेक कर्मगर्नका लागि मुहुर्त हेरिरहनु नपर्ने समेत उल्लेख गरिएको छ । साना बालबालिकालाई नाक तथा कान छेड्नका लागि पनि आजको दिन उत्तम रहने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
यी खानेकुराले बनाउँछन् चम्किलो र मजबुत दाँत
यी खानेकुराले बनाउँछन् चम्किलो र मजबुत दाँत
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा