आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २०, २०८०
|
|
४८ पटक हेरिएको
Shares
आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ

सारांश

  • मोरङ ।
  • आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् ।

मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् ।

विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरूत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका- ४ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !

तपाईंले छुटाउनुभयो कि?