आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २५, २०७६
|
|
५७ पटक हेरिएको
Shares
आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

सारांश

  • बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
  • छर्राले घाइते हुनुभएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
  • अस्पताल पु¥याउँदा उहाँलाई मृत घोषणा गरिएको थियो ।

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते हुनुभएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अस्पताल पु¥याउँदा उहाँलाई मृत घोषणा गरिएको थियो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् ।

उहाँको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए÷नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा
निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी अदालतमा
काठमाडौंको कपनमा आगलागी
काठमाडौंको कपनमा आगलागी
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
PM assures of justice to Nirmala’s parents
PM assures of justice to Nirmala’s parents
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
 कृषि ऐन ल्याउने तयारीमा छौँ  :  मन्त्री भुसाल
 कृषि ऐन ल्याउने तयारीमा छौँ : मन्त्री भुसाल
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
असोज १० गते शनिवारको राशिफल यस्तो छ
असोज १० गते शनिवारको राशिफल यस्तो छ
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?