तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन

सारांश

  • पोखरा, फागुन ५ ।
  • प्रदेश ४ का सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना बनाउनुपर्ने बताउँदै यसका लागि तीब्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
  • प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

पोखरा, फागुन ५ । प्रदेश ४ का सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना बनाउनुपर्ने बताउँदै यसका लागि तीब्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

‘संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटो भन्दा छिटो काम गर्नुपर्ने आवश्यकता छ, हामी हाम्रो स्थानबाट जुट्छौं तपाईंहरु तपाईको स्थानबाट जुट्नुहोस ।’ उनले भने ।

संघीयतालाई हेर्ने अझै धेरै भ्रमहरु रहेको बताउँदै अधिकारीले ती भ्रमहरु निवारण गर्न कानूनहरु आवश्यक रहेको र ती कानूनहरु बन्न छिटो काम हुनुपर्नेमा उनले जोड दिए ।

सभामुखको सपथ लिएर सहिद स्मृति पार्कमा माल्र्यापण गरेपछि उनी सिधै प्रदेश सांसद भवन पुगेका थिए । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेपछि उनले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए ।

नदिपुरस्थित प्रदेश संसद भवन पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका प्रमुख जिवराज बुढाथोकीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

प्रदेशको अबको बैठक आईतवार बस्दैछ र त्यो बैठकको अध्यक्षता अधिकारीले गर्दै छन् । यसअघि बसेका दुईवटा प्रदेशसभाका बैठक ज्येष्ठ सदस्यता हैसियतले सांसद जनकलाल श्रेष्ठले गरेका थिए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सागबाट लाख
सागबाट लाख
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
‘कुरै नबुझी जंगिए मन्त्री’ ! ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्नु पर्दैन : मन्त्री पण्डित

तपाईंले छुटाउनुभयो कि?