लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १३, २०७७
|
|
५७ पटक हेरिएको
Shares
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

सारांश

  • सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ ।
  • तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
  • विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हुँदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।

विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ ।

“अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ”, महानिर्देशक हमालको भनाइ रहेको गोरखापत्र दैनिकले खवर छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने
भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने
छोरा-भतिजालाई नेता बनाउन महामन्त्री सशांकले राखे तरुण दलमा भागबण्डाको प्रस्ताव !
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
देउवा र मोदीबीच भेटबार्ता सुरु
देउवा र मोदीबीच भेटबार्ता सुरु
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो

तपाईंले छुटाउनुभयो कि?