आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०७५
|
|
६१ पटक हेरिएको
Shares
आमालाई भियग्रा खुवाउँदा ११ बच्चाको मृत्यु !

सारांश

  • काठमाडौं ।
  • यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ ।
  • यो घटना नेदरल्याण्डस्को हो ।

काठमाडौं । यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ । यो घटना नेदरल्याण्डस्को हो । हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको मृत्यु भएपछि सरकारले उक्त परीक्षण तत्कालै रोकेको छ ।

परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई भियग्रा दिने गरिएको थियो । गर्भनालको समस्या भएका गर्भवती महिलाहरुमा उक्त परीक्षण गरिएको थियो ।गर्भवती महिलाले भियग्राको सेवन गर्दा शरीरमा रक्तप्रवाह उच्च हुने र यसले गर्भमा रहेको शिशुको फोक्सोमा गम्भीर असर पर्ने विज्ञहरुले ठहर गरेका छन् । यद्यपि गर्भवतीमा भियग्राको वास्तविक असर पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ ।

यसअघि बेलायत, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि यस्तैखाले अनुसन्धान गरिएको थियो । तथापि त्यसक्रममा भियग्राले गर्भवती महिलामा कुनै नकारात्मक असर पार्ने तथ्य फेला परेको थिएन । कमजोर गर्भनालको समस्याका कारण गर्भमा रहेका शिशुको विकास रोकिनु एक गम्भीर रोग हो, जसको हालसम्म कुनै उपचार पत्ता लागेको छैन । यस्तो समस्या उत्पन्न हुँदा गर्भको बच्चा तोकिएको समयभन्दा अगाडि जन्मिने, कमजोर बच्चा जन्मिँदा मृत्यु हुने जोखिम धेरै हुन्छ । यस्तोमा भ्रुणको तौल बढाउने र बच्चा जन्मिने समयलाई पछि सार्ने उपाय लाभदायक हुन्छन् ।

पछिल्लो शोधका क्रममा कूल ९३ जना महिलालाई भियग्रा दिइएको थियो भने अरु ९० जनालाई एक नमूना औषधि दिइएको थियो । ती महिलाहरुबाट जन्मिएका मध्ये २० जना बच्चामा फोक्सो सम्बन्धी समस्या देखियो । ती मध्ये ३ जना बच्चा नमूना औषधि दिइएका महिलाबाट जन्मिएका थिए र अरु १७ जना भियग्रा सेवन गरेका महिलाबाट जन्मिएका थिए । ती मध्ये ११ जना बच्चाको मृत्यु भयो ।

बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
आज फेरि बढ्यो सुनको मूल्य
आज फेरि बढ्यो सुनको मूल्य
डर्टमन्डको आधा दर्जन गोल
डर्टमन्डको आधा दर्जन गोल
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)
एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी
निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

तपाईंले छुटाउनुभयो कि?