इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २३, २०८१
|
|
४० पटक हेरिएको
Shares
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो

सारांश

  • काठमाडौं।
  • सहकारी ठगीको आरोपमा ५१ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सञ्चो नहुँदासमेत चितवन प्रहरीले रातविरात चितवनबाट कास्की लगेको भन्दै गुनासो गरेका छन् ।
  • आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि लगिएका लामिछानेले इजलाससमक्ष प्रहरीले आफूलाई दुख दिएको गुनासो गरेका हुन् ।

काठमाडौं। सहकारी ठगीको आरोपमा ५१ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सञ्चो नहुँदासमेत चितवन प्रहरीले रातविरात चितवनबाट कास्की लगेको भन्दै गुनासो गरेका छन् ।

आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि लगिएका लामिछानेले इजलाससमक्ष प्रहरीले आफूलाई दुख दिएको गुनासो गरेका हुन् ।

गत शुक्रबार राती लामिछानेलाई चितवनबाट पोखरा लगिएको थियो । सो क्रममा चितवनका प्रहरीले अभद्र व्यवहार गरेको, सुतिरहेको मान्छेलाई मध्यरातमा उठाएर मानव अधिकारको हनन् भएको भन्दै रास्वपाका नेताहरुले विरोध गरिरहेका छन् । आइतबार लामिछानेले पनि न्यायाधीशसमक्ष सोही कुरा दोहोर्याएका हुन् ।

जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासमा म्याद थपसम्बन्धिीको बहसको अन्तिममा बोलेका लामिछानेले माथिको आदेश भन्दै आफूलाई राती साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइएको गुनासो गरेको स्रोतले जनाएको छ ।

रविले इजलासमा भनेका थिए ‘श्रीमान मलाई चितवनमा प्रहरीले अमानवीय व्यवहार गर्‍यो। मेरो टाउको दुखेको थियो। चक्कर लागेको थियो। मलाई अस्पताल लगिदिनुस् भन्दा पनि सुनुवाई भएन्। मलाई राति साढे १० बजे माथिको आदेश भनेर झाक्कल–झुक्कल गरेर मध्यरात पोखरा ल्याइयो,’ ।

इजलासमा रवि लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, हरिप्रसाद सुवेदी, नारायण कँडेल, नारायणप्रसाद घिमिरे, अधिवक्ता लेखनाथ सापकोटा लगायतले बहस गरेका थिए।

उनीहरूले रवि लामिछानेलाई प्रतिशोध साँध्नकै लागि हिरासत अवधि लम्ब्याएको, हिरासतभित्र लामिछानेलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए । पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्धय शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।

दुवै तर्फको बहस सुनेपछि न्यायाधीश बेल्बासेको इजलासले ४ दिनको म्याद थप गर्दै उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचार गर्नसमेत आदेश दिएको कास्की अदालतले जनाएको छ ।

अदालतले भनेको छ, ‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।

उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थपिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance register

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/futures/ref?code=IHJUI7TF

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ : कांग्रेसबाट डा. रिजाल एक्लो विजेता !
प्रदेश १ : कांग्रेसबाट डा. रिजाल एक्लो विजेता !
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
एमालेले कुन नेतालाई के जिम्मेवारी दियो?
एमालेले कुन नेतालाई के जिम्मेवारी दियो?
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार