रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २३, २०७७
|
|
६५ पटक हेरिएको
Shares
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

सारांश

  • जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
  • गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो ।
  • यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो ।
यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पनि बढ्दै गएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।
केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो । “हालको समय र परिस्थितिका कारणका हामीले भोलि९बुधबार० रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ”, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले रासससँग भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग
देउवाले देशको शीर निहुर्‍याएः ओली
देउवाले देशको शीर निहुर्‍याएः ओली
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
रेणु दाहालको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
आज सुनको मुल्य बढ्योे, प्रतितोला ९२ हजारमा कारोबार
आज सुनको मुल्य बढ्योे, प्रतितोला ९२ हजारमा कारोबार
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले  अगाडि {Live Update}
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले अगाडि {Live Update}
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’

तपाईंले छुटाउनुभयो कि?