इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २ साउन ।
  • इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले आफूखुशी इन्टरनेटको मूल्य बढाएकोमा सरकार गम्भीर बनेको छ ।
  • अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाइएकोले सरकार अब इन्टरनेट सेवा प्रदायकहरुलाई कस्ने र उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन गर्दै हस्तक्षेप गर्ने योजनामा रहेको छ ।

काठमाडौं, २ साउन । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले आफूखुशी इन्टरनेटको मूल्य बढाएकोमा सरकार गम्भीर बनेको छ । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाइएकोले सरकार अब इन्टरनेट सेवा प्रदायकहरुलाई कस्ने र उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन गर्दै हस्तक्षेप गर्ने योजनामा रहेको छ ।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत शुल्क थप गरेपछि इन्टरनेट सेवा प्रदायकहरुले आफूखुशी मूल्य बढाएका छन् । यही विषयलाई लिएर उपभोक्ताहरुले स्वदेश तथा विदेशमा सरकारको व्यापक आलोचना गरिरहेका छन् । सरकार भने आफूखुशी इन्टरनेटको मूल्य बढाइनुलाई “कालोबजारी” भन्दै उपभोक्तामाथि थोपरिएको अनावश्यक मूल्य एकसाताभित्रै घटाउने योजनामा रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अनलाइनखबरसँग बोल्दै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी मूल्य बढाएको र अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएकाले नेपाली उपभोक्ताले पनि अहिलेको भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

 

विगत चार वर्ष अघिसम्म नेटवर्क सर्भिस प्रोभाइडरहरुले ५० डलरसम्म तिरेर ल्याइरहेको इन्टरनेट ब्यान्डविथ अहिले ८ देखि १० डलर प्रतिएमबीपीएस र प्रतिमहिनामा झरेको छ । तर, मूल्यमा ठूलो गिरावट हुँदा पनि नेपालका सेवा प्रदायक कम्पनीहरुले उपभोक्तालाई पुरानै मूल्य लिँदै आएका थिए । अहिले सरकारले कर बढाएको भन्दै झनै मूल्य बढाएपछि सरकार पनि त्यसको वैज्ञानिक र व्यवस्थित नियमन गर्ने तयारीमा जुटेको हो ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विदेशबाट किनिने इन्टरनेट ब्यान्डविथ सस्तो भए पनि कम्पनीहरुले सेवाग्राहीलाई लिने मूल्य उल्टै बढाइरहेका छन् । आम उपभोक्ताहरु प्रविधिसम्बन्धी खासै जानकार नहुने भएकाले सेवा प्रदायकहरुले आफूखुशी मूल्य बढाउँदै आएका छन् । यही पाटोमा प्रहार गर्दै सरकार भने अब अन्तर्राष्ट्रिय बजारअनुसार ब्याण्डविथको मूल्य हेरेर इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निष्कर्षमा पुगेको मन्त्री बास्कोटाले जनाए ।

 

सूचना प्रविधि मन्त्री बास्कोटाले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्नासाथ उपभोक्ताले १ चौथाई सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउने बताए । “अहिले मूल्य बढेको १३ प्रतिशत करका कारण होइन । सेवा प्रदायकले सस्तोमा किनेर महंगोमा बेचेका कारणले हो । मूल्य समायोजन नगरी १३ प्रतिशत कर बढ्यो भन्दै एकतर्फीरुपमा उपभोक्तालाई भार थोपर्ने कुरा सरकारलाई मान्य छैन”, मन्त्री बास्कोटाको भनाई छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ  आजको मौसम
यस्ताे छ आजको मौसम
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
जर्मनीका गोलकिपर नेउरको सन्यास
जर्मनीका गोलकिपर नेउरको सन्यास
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?

तपाईंले छुटाउनुभयो कि?