इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

सारांश

  • जकार्ता, ४ बैशाख ।
  • इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।
  • पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ ।

जकार्ता, ४ बैशाख । इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ ।

राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् । विडोडोले सन् २०१४ मा पनि जनरल सुबियान्तोलाई नै झिनो मतान्तरमा पराजित गर्नुभएको थियो ।

अधिकांश मतसर्वेक्षणहरुले विडोडो नै निर्वाचित हुने अनुमान गरेका छन् । तर विपक्षीहरुले चुनावमा कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।सेतो सर्ट र परम्परागत पेकी टोपी लगाएर बोगोरको मतदान केन्द्रमा पुग्नुभएका सुबियान्तोले आफू यसपटक निर्वाचित हुनेमा पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति विडोडोले भने प्रथम महिला इरियाना विडोडोका साथ राजधानी जकार्तामा मतदान गर्नुभएको थियो ।“मैले सन्तोषको श्वास फेरेको छु,” मतदान गरेपछि सञ्चारकर्मीसँग विडोडोले भन्नुभयो ।

मतदान सकिएको दुई घण्टापछि नै मतदान केन्द्रहरुबाट नमुना मतपत्रका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले तयारी गरेको छ । तर राष्ट्रपतिमा विजयीको घोषणा बुधबार अपराह्नसम्ममा गरिनेछ, तर राष्ट्रपतिका विजयीको औपचारिक घोषणा मे महिनामा मात्र हुनेछ ।चुनावमा कुनै विवाद उत्पन्न भएमा संवैधानिक अदालतले छिनोफानो गर्ने संवैधानिक प्रावधान रहेको छ ।

(cashcofinancial.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
मन्त्रीलाई मनखुसी, डाडु पुन्यू आफ्नै हातमा
मन्त्रीलाई मनखुसी, डाडु पुन्यू आफ्नै हातमा
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत
बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
तीनवटा बामपन्थी शक्तिसँग एकता प्रक्रिया बढ्दैछः प्रचण्ड
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?