फेरिएन अध्यक्ष ओलीको कार्यशैली

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २८, २०७९
|
|
४० पटक हेरिएको
Shares
फेरिएन अध्यक्ष ओलीको कार्यशैली

सारांश

  • काठमाडौं ।
  • स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन।
  • हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

‘गठबन्धन टुटाउन बल गर्नु प¥यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।

‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे ।

दुई÷दुईपटक संविधानविपरीत संसद् विघटन गरेका ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्दै संसद् विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टीभित्रै नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउन नेताहरूबाट सुझाव आएको भए पनि ओली आफ्नो कमीकमजोरी सच्याउन तत्पर नभई उल्टै ढाकछोप गरेर हिँड्ने गरेका छन् । स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी नेतृत्व सच्चिनुपर्ने आवाज उठाउँदा ओलीले उल्टै कारबाहीको ‘डन्डा’ चलाउन खोजेका छन् । पार्टी विभाजनअघि र अहिले पनि ओलीको शैली केही नफेर्रिएको एमालेकै नेताहरू बताउँछन् ।

पार्टीभित्र एकता कायम गरेर पार्टीलाई बलियो बनाउनुको साटो अनुशासन आयोगमार्फत कारबाहीको डन्डा चलाउन थालेका ओलीले एमाले विभाजन गरेकालाई पार्टीमा स्वागत नहुने अडान व्यक्त गरेका छन् । एमाले विभाजन गरेर गएकालाई पार्टीमा ल्याउनुपर्ने वा वामगठबन्धन गर्नुपर्ने आवाज उठे पनि उनी पार्टीविभाजन गर्नेलाई पार्टीमा स्वागत नगर्ने अडानमा छन् ।

यस्तै, ओलीले अन्य दलसँग सहकार्य र समन्वयन गर्नुको साटो अनावश्यक आलोचनामै रमाउने गरेका छन् ।

यसअघि, संसद् बैठकमा उनले अन्य दललाई चर्काे आलोचना गर्दै आफ्नो बचाउ गरे । लगत्तै माओवाद्री केन्द्र्रका अध्यक्ष प्र्रचण्डले ओलीले आफ्नो कमजोरी सच्याउने र वाम एकताका लागि आह्वान गर्लान् भन्ने आफूलाई लागे पनि दम्भ अझै नहटेको संसद् बैठकमै टिप्पणी गरे ।

एमालेका अधिकांश नेताहरू पार्टी नेतृत्वले कमीकमजोरी सच्याएर वाम एकता गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर, ओली भने विगतको समीक्षा गर्नेभन्दा पनि आरोपप्रत्यारोप र आफ्ना कमजोरी ढाकछोप गरेरै अघि बढ्ने पक्षमा देखिएको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
रत्ननगरः तीन वडामा एमाले विजयी
रत्ननगरः तीन वडामा एमाले विजयी
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
उपनिर्वाचनमा दलहरूबीच तालमेलको प्रयास
उपनिर्वाचनमा दलहरूबीच तालमेलको प्रयास
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)