उपसभामुखमा दुर्गा पौडेलको संभावना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
४७ पटक हेरिएको
Shares
उपसभामुखमा दुर्गा पौडेलको संभावना

सारांश

  • काठमाडौं।
  • तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल परेपछि नेकपाभित्र नयाँ सभामुखको खोजी सुरु भएको छ।
  • तर नेकपाले सभामुख आफूसँग राख्न उपसभामुख पद भने गुमाउनु पर्ने हुन्छ।

काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल परेपछि नेकपाभित्र नयाँ सभामुखको खोजी सुरु भएको छ। तर नेकपाले सभामुख आफूसँग राख्न उपसभामुख पद भने गुमाउनु पर्ने हुन्छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ।

यस्तो अवस्थामा नेकपाले सभामुख आफूसँग राख्न वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिनुपर्ने हुन्छ। नेकपाले वर्तमान उपसभामुखलाई राजीनामा गर्न लगाएर उनलाई अन्तै व्यवस्थान गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई पुन सभामुख बनाउन चाहेका छन्।

नेम्वाङको नामप्रति अर्का अध्यक्ष प्रचण्ड पनि सकारात्मक नै रहेका छन्। तर यसअघि भागबण्डका आधारमा पूर्व माओवादीलाई सभामुख र पूर्व एमालेलाई उपसभामुख दिइएको हुनाले अहिले पनि त्यही सहमति अनुसार सभामुख पद पूर्व माओवादीलाई दिनुपर्ने तर्क गर्न थालिएको छ। यस्तो अवस्थामा पूर्व माओवादीबाट देव गुरुङ, अग्नि सापकोटा र लेखराज भट्ट मध्ये

एक जना सभामुख बन्ने छन्। सभामुख जो भने पुरुष हुने र जुन पक्षबाट बनेपनि नेकपाकै हुने भएकाले नेकपाले उपसभामुख दल भने गुमाउने निश्चित छ। यस्तो अवस्थामा नेकपाले उपसभामुख अन्य दललाई दिनुपर्छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्ष राजपालाई उपसभामुख नदिने रणनीति नेकपाले बनाएको छ।

नेकपाले राष्ट्रिय जनमोर्चाबाट निर्वाचन सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने तयारी गरेको स्रोतले जनाएको छ। पौडेल राष्ट्रिय जनमोर्चाबाट नेकपाको सहयोगमा निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
प्रस्तावित राजदूत पाण्डको संसदीय सुनुवाइ प्रक्रिया शुरु
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति
रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन : लोभलाग्दो प्रगति
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
गोकर्ण विष्टलाई १० हजारको अग्रता
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
जाडोमा कपालको सुरक्षा कसरी गर्ने ?
संसद भवन भित्रै अस्लिल भिडियो हेर्न ब्यस्त सांसद
संसद भवन भित्रै अस्लिल भिडियो हेर्न ब्यस्त सांसद

तपाईंले छुटाउनुभयो कि?