प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार

सारांश

  • काठमाडौं, २६ असोज ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि नयाँ प्रहार भएको छ ।
  • उनी निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपाकै प्रदेशसभा सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि नयाँ प्रहार भएको छ । उनी निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपाकै प्रदेशसभा सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । छापामार शैलीमा दर्ता भएको अविश्वासको प्रस्तावलाई शाहीले आफूविरुद्धको षड्यन्त्र भनिसकेका छन् ।

शाहीमाथिको अविश्वासको प्रस्ताव अर्थपूर्ण छ । यामलाल कँडेललगायतले दर्ता गरेको अविश्वासको प्रस्तावको उद्देश्य नेकपाको केन्द्रीय राजनीतिसम्म जोडिएको छ । कँडेल पक्षले शाहीले मनोमानी गरेर प्रदेश सरकार चलाएको र विगतमा आधा आधा कार्यकाल चलाउने सहमति भएअनुसार पालना नगरिएको विषय उठाएको छ । कँडेल पनि मुख्यमन्त्री दाबेदार रहेकोमा पूर्व एमाले र पूर्व माओवादीबीच चार र दुई मुख्यमन्त्रीहरु बाँडफाँड भएको थियो । तर, कँडेलसँग आधा आधा कार्यकाल चलाउने सहमति भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

बहाना जे गरिएपनि मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावलाई प्रचण्डमाथिको प्रहारका रुपमा पूर्व माओवादीले बुझ्न थालेका छन् । यसलाई प्रचण्डले पनि गम्भीर रुपमा लिएका छन् । विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्डले सरकार सञ्चालनमा आफ्नो असन्तुष्टि पोख्दै आएका छन् । त्यही शैलीमा ओली पक्षधरले प्रदेशहरुमा प्रचण्ड पक्षधर मुख्यमन्त्रीहरुलाई अप्ठ्यारोमा पार्ने रणनीति बनाएका छन् ।

मन्त्रिमण्डल पुर्नगठन देखि राजदूत नियुक्तिका विषयमा प्रचण्डले असन्तुष्टि पोखेर आक्रामक बनिरहँदा ओली पक्षले कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएर ध्यान मोडिदिएको छ । अर्कोतर्फ, प्रचण्डलाई फेरि रक्षात्मक बनाइदिएको छ । आक्रामक बन्दै जाँदा प्रचण्डलाई एउटा उचाईमा पुगेपछि फेरि रक्षात्मक बनाइदिने ओली रणनीति देखिदै गएको छ ।

यसअघि दुईपटक ओलीको राजीनामा मागेर घेराबन्दी गरेपनि प्रचण्ड सफल हुन सकेनन् । बरु ओलीले आफूविरुद्धको घेराबन्दीलाई छिन्नभिन्न पारिदिएका थिए । उनी रक्षात्मक बनेर विस्तारै आक्रामक बने । १५ बुँदे पार्टी एकताको बुँदा बनाएर सहमति निर्माण गरेर सत्ता संकट टारे । अहिले ओलीले विगतको सहमति कार्यान्वयन नगरेको विषय उनीइतर समूहले उठाउन थालेका छन् । यसले नेकपाभित्र फेरि नयाँ द्वन्द्व चलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार काठमाडौँमा २९८ जना कोरोना संक्रमित फेला
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो
सुनसरीमा कार्कीको अग्रता २२ सय नाघ्यो
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
सेनाले भेट्याएको रकम प्रहरीलाई
सेनाले भेट्याएको रकम प्रहरीलाई
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?