भोजपुरमा उडान सेवा अवरुद्ध

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
६२ पटक हेरिएको
Shares
भोजपुरमा उडान सेवा अवरुद्ध

सारांश

  • भोजपुर, २४ भदौ ।
  • एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन ।
  • जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

भोजपुर, २४ भदौ । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ ।

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भन्नुभयो, “उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन । लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । ”

जिल्लामा उडान भर्दैै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी दिनुभयो ।निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ– पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २६ गतेको राशीफल यस्तो छ
राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग
राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी
श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?