श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
५६ पटक हेरिएको
Shares
श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने तयारी

सारांश

  • काेलम्बाे।
  • आर्थिकरूपमा संकटग्रस्त श्रीलंकाले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्।
  • लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ।

काेलम्बाे। आर्थिकरूपमा संकटग्रस्त श्रीलंकाले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ।

श्रीलंकाले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ। देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एशियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ। विक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन।

बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ। तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन्।

श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ।

श्रीलंकाको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने बताएको छ।

फाउन्डेसनका जगत गुणवर्धनाले कोलम्बोमा पत्रकारहरूसँग भने, “मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण उनीहरू (चिनियाँ) किन यति धेरै बाँदर चाहन्छन् भन्ने हाम्रो जिज्ञासा रहेको छ।

श्रीलंकामा बाँदर संरक्षित प्रजाति होइन, तर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय संकटापन्न वन्य जन्तुको सूचीमा पर्छन्। आइयुसिएनको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

श्रीलंका सरकारको तथ्यांकमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेको अनुमान गरिएको छ। गुणवर्धनका अनुसार बाँदर र हात्तीलगायत मानव–जनावरबीचको द्वन्द्व बढ्नुको एउटा कारण कृषि विस्तार हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
फानीको हानीः ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले
फानीको हानीः ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन
आफैंसँग यौन उत्तेजना आउने युवतीको कहानी
आफैंसँग यौन उत्तेजना आउने युवतीको कहानी
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
डिभी लोटरीको रिजल्ट मे ७ देखि
डिभी लोटरीको रिजल्ट मे ७ देखि
यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी
यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी

तपाईंले छुटाउनुभयो कि?