इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
इन्सपेक्टरले अर्को बलात्कारको केस पनि गुपचुपमै राखेको भेटियो

सारांश

  • काठमाडौं, माघ १६ ।
  • प्रहरी वृत, दरबार मार्गका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले अर्को एक बलात्कारको केस पनि गुपचुपमै राखेको पाइएको छ ।
  • वृत्त इन्चार्ज डिएसपी तिलक भारती बिदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घटनाको अभियुक्तलाई पनि मुद्दा नै दर्ता नगरी छाडिदिएको पाइएको हो ।

काठमाडौं, माघ १६ । प्रहरी वृत, दरबार मार्गका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले अर्को एक बलात्कारको केस पनि गुपचुपमै राखेको पाइएको छ ।

वृत्त इन्चार्ज डिएसपी तिलक भारती बिदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घटनाको अभियुक्तलाई पनि मुद्दा नै दर्ता नगरी छाडिदिएको पाइएको हो ।

एउटा धनाढ्य जोडी विगत पाँच बर्षदेखि लिभिङ टुगेदरमा थिए । पछिल्लो सयम उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो, पुरुष व्यक्ति अर्को युवतीसँग लागे । धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेकी युवतीले पुरुष व्यक्ति अर्कोसँग लागेको थाहा पाएपछि पैसाको डिमाण्ड गरिन् ।

घटना प्रहरीकोमा पुग्यो, युवतीले बलात्कारको उजुरी दिइन् । घटना गत शुक्रवारको हो, उजुरी हातमा परेको केही घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लियो ।

बलात्कार जस्तो जघन्य अपराधको दुवै अभियुक्तलाई आर्थिक लाभ लिएर छाडेको आशंकामा एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितीले इन्सपेक्टर ठकुरीमाथि छानविन गरिरहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jivan Mani Dahal

    पदीय दुरुपयोग हो?

    Comment Author

    Khagendra Hartamchhali

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?