इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ६, २०७९
|
|
४० पटक हेरिएको
Shares
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

सारांश

  • इलाम।
  • इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ।
  • एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

इलाम। इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए।

खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए। त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए। उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाए।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर लिुम्बु, वडा नम्बर २ मा कांग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दिपेन्द्र लिम्बु, ४ मा कांग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टंकनाथ खनाल, ७ मा कांग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् । फाकफोकथुममा नेपाली कांग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’
प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा