उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २०, २०७९
|
|
५७ पटक हेरिएको
Shares
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले

सारांश

  • काठमाडौं ।
  • उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् ।
  • आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

काठमाडौं । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए ।

“सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने । 

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।

“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
सरकारलाई सचेत गराउन एमालेको माग
सरकारलाई सचेत गराउन एमालेको माग
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री
वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन
वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
सिसी क्यामेराको जडान गर्न करीब छ करोड

तपाईंले छुटाउनुभयो कि?