नेता ढुंगेललाई माफी दिने तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेता ढुंगेललाई माफी दिने तयारी

सारांश

  • काठमाडौं : कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई माफी दिन प्रक्रिया अघि बढेको छ ।
  • सरकारले गणतन्त्र दिवसका दिन ढुंगेलको बाँकी कैद सजाय माफी मिनाह गर्दै कारागारमुक्तको तयारी थालेको हो ।
  • गणतन्त्र दिवस जेठ १५ मा पर्छ ।

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई माफी दिन प्रक्रिया अघि बढेको छ । सरकारले गणतन्त्र दिवसका दिन ढुंगेलको बाँकी कैद सजाय माफी मिनाह गर्दै कारागारमुक्तको तयारी थालेको हो । गणतन्त्र दिवस जेठ १५ मा पर्छ ।

कारागार व्यवस्था विभागले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि, २०७१ का आधारमा ढुंगेललाई छुटाउने प्रक्रिया बढाउन लागेको हो । नियमावली अनुसार सजायको ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको हकमा राम्रो चालचलन र आचरण भएका कैदीलाई माफी दिन सकिने उल्लेख छ ।

ओखलढुंगाका एमाले कार्यकर्ता उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतको सर्वश्वसहित जन्मकैदको फैसला अनुरुप ढुंगेललाई पक्राउ गरी जेलमा राखिएको थियो । हत्या प्रकरणमा उनी द्वन्द्वकालमै साढे सात वर्ष जेल बसिसकेका थिए ।

सर्वश्वसहित जन्म कैद तोक्ने गरी ओखलढुंगा जिल्ला अदालतबाट भएको फैसलालाई उल्टाउँदै तत्कालिन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी बीचमा छुटेका थिए । सरकारको पुनरावेदन अनुरुप सर्वोच्चबाट सुरु जिल्ला अदादलतको फैसला सदर गर्दै कैद सजाय भएपछि फैसला कार्यान्वयनका क्रममा ढुंगेल समातिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत कात्तिक १४ गते ढुंगेललाई ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ गरेको थियो । जन्म कैद सजाय अधिकतम २० वर्ष हुने मुलुकी ऐनको प्रावधान छ । यसअघिको साढे सात वर्ष जेल र पक्राउपछि ६ महिना जेल भुक्तान भइसकेकाले ढुंगेलको गत वैशाखमै ८ वर्ष कैद भुक्तान भइसकेको छ । २० वर्षको ४० प्रतिशत हिसाब गर्दा ८ वर्ष हुन आउँछ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेलको कैद मिनाहका लागि कारागारले विभागलाई पत्र पठाएको स्रोतले जनायो । विभागले अहिले देशभरका कारागारबाट कैद माफी मिनाहका लागि लगत संकलन गरिरहेको छ । विभागका महानिर्देक हरिप्रसाद मैनालीले अहिले ढुंगेललाई कैद मिनाह दिने वा नदिने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘हामी छलफलमै छौं । अहिल्यै ढुंगेललाई मिनाह दिने कुनै निर्णय भएको छैन’, मैनालीले भने ।

जेलमा बस्दा असल चालचलन र आचरण राम्रो भएको, स्वास्थ्य, कसुर गर्दाको परिस्थिति र आशयलाई टेकेर विभागले ढुंगेलको बाँकी कैद मिनाहा गर्न लागेको हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा गृहमन्त्री रामबहादुर थापाले ढुंगेललाई कैद मिनाहको तयारी थाल्न विभागलाई निर्देशन दिएका हुन् ।

विभागको प्रतिवेदनका आधारमा गृह मन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषद् बैठकले कैद छुटको निर्णय गर्नेछ । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विभागकै सिफारिसका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने बताए ।

‘अहिले कति जनालाई कैद मिनाहा गर्ने भनेर हामीलाई सूची प्राप्त भएको छैन । विभागले तयारी गरिरहेको होला’, सुवेदीले भने । जबर्जस्ती करणी, जिउ मास्ने बेच्ने, कैदबाट भागे भगाइएको, लागूऔषधको कारोबार, भन्सार चोरी निकासी पैठारी, भ्रष्टाचार मुद्दा र जासुसीलगायत २३ वटा बाहेक अन्य कसुरमा जेल परेकालाई ६० प्रतिशतसम्म कैद मिनाहा गर्न सक्ने प्रावधान कारागार नियमावलीमा छ ।

सजाय माफी दिने आधार

– कसुरको प्रकृति र गाम्भीरता

– कसुर गर्दाको परिस्थिति र आशय

– कैदीको चालचलन

– कसुरदारको विगतको चरित्र

– कैदीको स्वास्थ्य

– कैद भुक्तान गरेको अवधि वा बाँकी कैद अवधि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
Mostbet Yukle Azerbaycan APK: Indir & Downloa
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु
नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु
‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने
‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित

तपाईंले छुटाउनुभयो कि?