न्यूजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान बिजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
न्यूजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान बिजयी

सारांश

  • काठमाडौं।
  • इंग्ल्याण्ड वेल्समा जारी विश्व कप क्रिकेटमा लगातार ६ खेलमा अपराजित रहेको न्यूजिल्याण्ड बुधबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
  • यसअघि आफुले खेलेका ६ मध्ये पाँच खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

काठमाडौं। इंग्ल्याण्ड वेल्समा जारी विश्व कप क्रिकेटमा लगातार ६ खेलमा अपराजित रहेको न्यूजिल्याण्ड बुधबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । यसअघि आफुले खेलेका ६ मध्ये पाँच खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
बगिंघममा बुधबार सम्पन्न खेलमा न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ४ विकेट गुमाएर अन्तिम ओभरमा पुरा गरेको थियो । पाकिस्तानको जितमा बाबर आजम र ह्यारिसले उत्कृष्ट ब्याटिं गरे ।

बाबर आजमले पहिलो शतक बनाउनेक्रममा नटआउट १०१ रन बनाए । ह्यारिस सोहेलले ६८ रन बनाए । यो जितसँगै पाकिस्तानले सेमिफानल दौडमा आफुलाई जीवितै राखेको छ । जितपछि पाकिस्तानको ७ खेलबाट ७ अंक भएको छ । अब उसले बंगलादेश र अफगानिस्तानसँग खेल्न बाँकी छ । दुबै खेल जिते पनि पाकिस्तानलाई सेमिफाइनल पुग्न अन्य टिमको प्रदर्शनमाथि पनि भर पर्नुपर्नेछ ।

उता जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको न्यूजिल्याण्डले बुधबार सेमिफाइनलमा स्थान पक्का गर्ने मौका गुमाएको छ । उसको हाल अंक तालिकामा ११ अंक छ । उसले अब इंग्ल्याण्ड र अष्ट्रेलियासँग खेल्न बाँकी छ । दुई मध्ये एक जितले पनि न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने छ । यद्यपी दुबै खेल गुमाए पनि उसको सेमिफाइनल पुग्ने सम्भावना रहनेछ । किनकी उसको रनरेट पनि राम्रो छ र ११ अंक पनि छ ।

अष्ट्रेलिया सेमिफाइल पुगिसकेको छ । न्यूजिल्याण्ड, भारत, इंग्ल्याण्ड, बंगलादेश, पाकिस्तान र श्रीलंकाबीच बाँबी तीन स्थानका लागि प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
ओखर रोप्ने अभियानमा विद्यार्थी
ओखर रोप्ने अभियानमा विद्यार्थी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
राहत सामग्री चोरी गर्ने चार पक्राउ
राहत सामग्री चोरी गर्ने चार पक्राउ
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

तपाईंले छुटाउनुभयो कि?