उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २२, २०७६
|
|
४५ पटक हेरिएको
Shares
उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो !

सारांश

  • फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।
  • फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ ।
  • हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् ।

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।

फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ ।

प्रमुख निल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताउनुभयो ।

कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताउनुभयो ।

नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उहाँको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाउनुभएको थियो । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ ।
रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
आजबाट लकडाउन झन कडा
आजबाट लकडाउन झन कडा
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!
सामाजिक सञ्जाल प्रयोग गर्दा हाेशियार, जेल जानुपर्ला!
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !

तपाईंले छुटाउनुभयो कि?