प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो लाग्दैन : अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो लाग्दैन :  अध्यक्ष ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।
  • मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी बिभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी बिभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे ।

स्रोत र सम्भावना अथाह हुदाहुदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाई छ । कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए । अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे । कृषिमा गरिने लगानी प्रभावकारी बनाउदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी गरे ।

ओलीले गरिबी निवारणका लागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकवि  हुमागाँईलाई सम्झिए काभ्रेलिले
जनकवि हुमागाँईलाई सम्झिए काभ्रेलिले
पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढ्यो
पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढ्यो
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी