उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा

सारांश

  • अस्बीन खडका, ९ असार।
  • उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार बर्षाको पानीको कारण डुवानमा पर्दा स्थानीयले सास्ति भाेग्नु परेकाे छ ।
  • सदरमुकाम गाईघाट बजार को मेनचोक बाट दक्षिण तर्फ  बनाईदै गरेको नाला र बाटो स्तरको काम गर्नको लागि हाल निर्माण भईरहेको निर्माण कार्य अव्यवस्थित बन्दा बर्षातहुँदा डुवान पर्ने गरेकाे हाे ।

अस्बीन खडका, ९ असार। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार बर्षाको पानीको कारण डुवानमा पर्दा स्थानीयले सास्ति भाेग्नु परेकाे छ ।

सदरमुकाम गाईघाट बजार को मेनचोक बाट दक्षिण तर्फ  बनाईदै गरेको नाला र बाटो स्तरको काम गर्नको लागि हाल निर्माण भईरहेको निर्माण कार्य अव्यवस्थित बन्दा बर्षातहुँदा डुवान पर्ने गरेकाे हाे ।

बर्षाकाे पानि बगेर जाने नाला नहुँदा घरभित्र पस्दा घरहरू ढल्ने सम्भावना रहेकाे  स्थानिय राजेन्द्र चोेधरीले बताए । चाैधरीले घर अगाडी बाट जमीन  भासिने र पुरै घर काम नलाग्ने गरि क्षतिग्रस्त हुने बताए ।

अर्को  श्याम पोखरेल ले भने आफुले सबै भएको पैसा घरमा लगानी गरेर घर बनाएको र अहिले कतीखेर घर ढल्नेहो भन्दै दुखेसो पोखे उनका अनुसार पहीला नै पानी को समस्या  हल गरेर मात्र खाडल बनाउनु पर्ने मा यसरी अव्यवस्थित रूपमा नाला बनाउनका लागी मेशिन प्रयोग गरी नाला बनाउनु र जताततै खनीदिदाँ  यो समस्या आएको  बताए ।

यता  ठेकदार प्रदिप कार्कीका अनुसार सरकारकाे नियमअनुसारनै अाफुले काकम गरेकाे बताए । यो समस्यालाइ समाधान तर्फ सडक तथा नगरपालिका को ध्यान जान जरुरी रहेको स्थानीय हरु बताउछन।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?