उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
सारांश
- गाईघाट २४,माघ।
- उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल तीन महीना भन्दा बढी समय देखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।
- उदयपुर जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञ सहितको दुई चिकित्सक सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।
गाईघाट २४,माघ। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल तीन महीना भन्दा बढी समय देखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।
उदयपुर जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञ सहितको दुई चिकित्सक सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।
शल्यक्रिया सहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको जिल्ला अस्पतालमा अहिले प्रसूति सेवा जस्तो उपचार बन्द हुन् पुगेपछि जिल्लाका अधिकांश प्रसूति सम्बन्धी बिरामी हजारौं खर्च गरेर उपचारको लागि जिल्ला बाहिर धरान,विराटनगर जान बाध्य हुनुपरेको बिरामीका आफन्तहरु बताउँछन् ।
प्रसूति चिकित्सकको अभावमा प्रसूति सेवा नै बन्द हुन पुगे पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा जिल्लावासीले कष्ट भोग्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो बढ्दैछ,त्रियुगा नगरपालिका १५ का कुमार राईले भने प्रसूति सेवा सम्बन्धी चिकित्सक नभएपछि ज्यान नै जोखिममा राखेर साधारण नर्स को भरमा प्रसूति गराउनु पर्ने बाध्यता छ .उनले भने,प्रसूतिका बिरामीले जिल्ला बाहिर लान ऋण, कर्जा खोजेर पैसाको जोहो गर्नुपर्छ र एम्बुलेन्स तयारी राख्नुपर्ने बाध्यता रहेको छ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियार का अनुसार सम्बन्धित निकाय तथा प्रदेशका मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुनसकेको छैन् ।
(Xanax)
प्रतिक्रिया