१२ जिल्लाको मतपत्र छपाइ सकियो: निर्वाचन आयोग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
२९५ पटक हेरिएको
Shares
१२ जिल्लाको मतपत्र छपाइ सकियो: निर्वाचन आयोग

सारांश

  • निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ ।
  • चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले रातदिन मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको छ ।
  • ‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले रातदिन मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको छ ।
‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ। अहिलेको स्थिती हेर्दा हामीले तोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गर्न सकिने अवस्था छ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनाव चिन्ह दिने निर्णय गरेको छ । डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटेकाले उनीहरुले स्वतन्त्र हैसियतमा मात्र चुनाव लडने अवस्था थियो । तर दलहरुले आयोगमा निवेदन दिएपछि उनिहरुको पुनः दर्ता गरेर दलगत नै चुनाव चिन्ह दिइएको आयोग प्रवक्ता शर्माले जानकारी दिए ।

यता आयोगले मतदान अघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा सुरक्षाको कमजोरी हुन नदिनतर्फ सतर्क रहन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
प्रिन्स ह्यारीसँग बिहे गरेपछि मेगन मर्केल बुवासँग बोल्न छोडिन्
प्रिन्स ह्यारीसँग बिहे गरेपछि मेगन मर्केल बुवासँग बोल्न छोडिन्
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
एनजिओका गतिविधिले नेपालमाथि खतरा बढ्दै : मन्त्री बास्कोटा
एनजिओका गतिविधिले नेपालमाथि खतरा बढ्दै : मन्त्री बास्कोटा
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….

तपाईंले छुटाउनुभयो कि?