उपत्यकामा लकडाउन हुनसक्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ७, २०७७
|
|
५५ पटक हेरिएको
Shares
उपत्यकामा लकडाउन हुनसक्ने

सारांश

  • उपत्यकामा फेरि लकडाउन घोषणा हुनसक्ने भएको छ ।
  • कोरोना भाइरसको हटस्पट बनेर अनियन्त्रित हुने खतरा बढेसँगै लकडाउनको तयारी भएको हो ।
  • काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ ।

उपत्यकामा फेरि लकडाउन घोषणा हुनसक्ने भएको छ । कोरोना भाइरसको हटस्पट बनेर अनियन्त्रित हुने खतरा बढेसँगै लकडाउनको तयारी भएको हो ।

काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ । उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो सुझाव दिएका हुन् । फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्रयाक्ट ट्रेसिङ्ग समेत गर्न समेत सुझाव दिएको छ । महामारी अझ फैलन नदिन तीतन साता लकडाउनको आवश्यकता औल्याएको छ ।

अहिले देशको कुल कोरोना संक्रमितमध्ये आधाभन्द बढी काठमाडौं उपत्यकामा देखिनथालेका छन् । उपत्यकाका अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । आइसियू र भेन्टिलेटर भरिएका छन् । कतिपय जोखिममा परेका संक्रमित आइसियू र भेन्टिलेटर नपाएर अस्पताल बाहिर रोकिएर मृत्युवरण गर्न पुगेका घटनाहरु छन् ।

चीसो बढेसँगै निमोनियाको खतरा देखिएको छ । कोभिड १९ को जोखिम झन् बढेपछि उपत्यकामा त्रास बढेको छ । यूरोपमा चीसो बढेपछि कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यहाँ अस्पतालहरु भरिन थालेका छन् । उपत्यकामा पनि त्यस्तै अवस्था आउन नदिन मेयर्स फोरमले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक: प्रधानमन्त्री
शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक: प्रधानमन्त्री
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…
प्रतिवादीले इजलासमै मर्ने अभिव्यक्ति दिएपछि…
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
रिपोर्ट आएपछिमात्रै प्रधानमन्त्री ‘डिस्चार्ज’ हुने
रिपोर्ट आएपछिमात्रै प्रधानमन्त्री ‘डिस्चार्ज’ हुने
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु

तपाईंले छुटाउनुभयो कि?