उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
५६ पटक हेरिएको
Shares
उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा

सारांश

  • कोरोना भाइरसपछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।
  • उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् ।
  • केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् ।

कोरोना भाइरसपछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।

उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् ।

ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताउनुभयो ।

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
सिमकोट विमान स्थल बन्द !
सिमकोट विमान स्थल बन्द !
आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र
आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
जापानका उद्योगीहरु नेपालमा लगानी गर्न इच्छुक
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
सुरक्षित वासस्थान माग्दै बालापुरवासी
सुरक्षित वासस्थान माग्दै बालापुरवासी

तपाईंले छुटाउनुभयो कि?