उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २१, २०७७
|
|
५६ पटक हेरिएको
Shares
उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह

सारांश

  • काठमाडौँ, २१ असार : पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ ।
  • गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखाप¥यो ।
  • उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो ।

काठमाडौँ, २१ असार : पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ ।

गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखाप¥यो । उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो । सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी ग¥यो । कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो ।

सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ । यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ ।
दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने,“ थप सतर्कता अपनाउने समय अब आएको छ । ” रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको खेल तालिका सार्वजनिक
एनपीएलको खेल तालिका सार्वजनिक
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी
कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको आग्रह: लापरबाहीले दृष्टि गुम्ने खतरा
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको आग्रह: लापरबाहीले दृष्टि गुम्ने खतरा
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
श्रीमतीको सम्झनामा मन्दिर निर्माण !

तपाईंले छुटाउनुभयो कि?