उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

सारांश

  • चितवन।
  • चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ।
  • निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन्।

चितवन। चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ।

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन्। सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ।

इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन्।

जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताए। उनले मतपत्र, मतपेटिकालगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिए।

चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका छन्। उनका अनुसार एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्।

लामो दूरीका सवारी साधन मात्रै चल्ने

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ। प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ।

चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ।

वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतमा बम राखेको हल्ला
सर्वोच्च अदालतमा बम राखेको हल्ला
बुधवार २५५ कोरोना संक्रमित थपिए
बुधवार २५५ कोरोना संक्रमित थपिए
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?