उम्मेदवार छान्दै दलहरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ९, २०७४
|
|
४६ पटक हेरिएको
Shares
उम्मेदवार छान्दै दलहरु

सारांश

  • काठमाडौं, ९ माघ – राजनीतिक दलहरुले आज राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगाउनुपर्ने वाध्यता बनेको छ ।
  • निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।
  • त्यसैले दलहरुले आफ्ना उम्मेदवार टुंगाउनुपर्ने वाध्यता बनेको हो ।

काठमाडौं, ९ माघ – राजनीतिक दलहरुले आज राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगाउनुपर्ने वाध्यता बनेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।

त्यसैले दलहरुले आफ्ना उम्मेदवार टुंगाउनुपर्ने वाध्यता बनेको हो । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राष्ट्रियसभा सदस्यका लागि १४ उम्मेदवार आज छान्दैछ । उम्मेदवार छान्नका लागि पार्टीका तीनजना शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ ।

बाम गठबन्धनबाट १४ जना राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाइ दिइएको छ ।

आज वैठक बसे टुंगो लगाउने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
बाँडफाँडमा एमालेलाई २९ सिट र माओवादी केन्द्रलाई १४ सिट भागमा परेको हो । सातवटै प्रदेशमा एमाले र माओवादी केन्द्रबीच तालमेल गरी विभिन्न क्लस्टरको बाँडफाँड गरिएको छ ।

उता, नेपाली कांग्रेसले पनि आज प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको वैठक बसी राष्ट्रियसभा सदस्यको उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

महिला, अल्पसंख्यक, दलित, अपांगता भएका व्यक्ति गरी ५९ जना सदस्य राष्ट्रियसभा रहने संविधानमा व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
नेपाली कांग्रेसका महामन्त्री डा होम शशांक कोइराला अस्पताल भर्ना
यौनरोग के हो र कसरी सर्छ? डा. उत्सव शर्मा
यौनरोग के हो र कसरी सर्छ? डा. उत्सव शर्मा
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
राजश्व सङ्कलनमा कमी
राजश्व सङ्कलनमा कमी
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

तपाईंले छुटाउनुभयो कि?