ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
५२ पटक हेरिएको
Shares
ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
  • सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटेको थियो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटेको थियो ।

सहमति अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएको छ । साथमा शहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ । शहरी विकास मन्त्रीमा धुव्र बहादुर प्रधान बन्ने भएका छन्।

त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतको दाबीे छ। युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एकजना पठाउने तयारी राप्रपाको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुन्छ । प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?