कालिमाटिमा हड्ताल गर्ने तरकारी व्यापारीको दर्ता खारेज हुने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडाै, ५ भदाै । बजार अनुगमनको विरोधमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने तयारी सरकारले गरेको छ।बजार अनुगमनको विरोध गर्दै व्यापारी हड्तालमा उत्रिए नियमअनुसार त्यस्ता व्यापारीको दर्ता नै खारेज गर्ने तयारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो।
सरकारसँगको सम्झौताविपरीत उपभोक्ता ठग्ने, अनुगमनको विरोध गर्ने तथा बन्दमा उत्रने तरकारी व्यापारीलाई दर्ता खारेजीसम्मको कारबाही हुने मन्त्रालयका सहचसचिव नवराज ढकालले जानकारी दिए।‘उपभोक्तलाई ठग्ने, बिचौलिया र बन्द कुनै हालतमा गर्न पाइँदैन, त्यस्ता व्यापारीलाई दर्ता खारेजीसम्मको कारबाही हुन्छ,’ ढकालले भने,‘यस विषयमा आज मन्त्रालयमा छलफल हुँदैछ।’
सोमबार बिहान कालिमाटी तरकारी बजार अनुगमन पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीलाई नै व्यापारीले नियन्त्रणमा लिएका थिए।व्यापारीहरूले ‘अनुगमन गर्न पाइँदैन, सरकारी टोली मुर्दाबाद’ भन्दै नारा लगाएका थिए। त्यसपछि उनीहरूले सरकारी कर्मचारीलाई नै नियन्त्रणमा लिएका थिए। किसानसँग किनेको र उपभोक्तालाई बेच्न तोकिएको मूल्य तथा बिलबिजक लगायत अनुगमन गर्न विभागको टोली कालिमाटी तरकारी बजार पुगेको थियो। कर्मचारीलाई बाहिर निस्किन नदिई गेट लगाएर व्यापारीहरूले अवरोध गरेका थिए।
व्यवसायी र अनुगमन टोलीबीच विवाद भएपछि आपूर्तिमन्त्री मातृका यादव, सचिव चन्द्र घिमिरे र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालिमाटी बजार पुगेको थियो।घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो।अनुगमनमा अवरोध गर्ने कालिमाटी तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा तथा अर्का व्यवसायी विमल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूको रिहाइको माग गर्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबार कालिमाटी तरकारी बजार बन्द गराएको छ। व्यापारीहरूको विरोधका कारण आज कालिमाटी तरकारी बजार सुनसान भएको छ।महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई आह्वान गरेको थियो।उक्त घटनाको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबार फलफूल तथा तरकारी पसल बन्दको घोषणा गरेको छ।
किसानदेखि उपभोक्तासम्म तरकारी पु¥याउँदा पाँचपटक मूल्य बढाइने हुँदा दुवै मारमा पर्ने गरेका छन्।तरकारी बजारको अनुगमनको मुख्य जिम्मा कालिमाटी तरकारी तथा फलफूल विकास समितिको हो। तर, समितिले अनुगमन गर्नुको साटो व्यवसायीसँगै मिलेर तरकारी र फलफूलको मूल्य तोक्ने गरेको आपूर्ति मन्त्रालयको दाबी छ।
प्रतिक्रिया