ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या !

सारांश

  • धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्।
  • ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ।
  • उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन्।

धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ।

उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन्।

प्रहरीले उनको साथबाट सुसाइट नोट फेला पारेको छ। उनले धेरै ऋण परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।

आफूले लिएको ऋणले छोरोले भविष्यमा दुःख नपाओस् भनेर हत्या गरेको पनि सुसाइट नोटमा लेखिएको पाण्डेले बताए। जोशीले अत्तरियामा मदिरा पसल गर्दै आएका थिए।

एकाबिहानै उठेर वरिपरि डुल्ने आरबलाई नदेखेपछि छिमेकीले उनको खोजी गरेका थिए। प्रहरीले बिहीबार बिहान ढोका तोडेर हेर्दा बालकको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको अनि त्यसपछि बाहिरको कोठामा पंखामा झुन्डिएको अवस्थामा जोशीको शव फेला पारेको थियो। मृतककी पत्नी अजिता आएपछि मात्र पोस्टमार्टम हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलबाट पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति पौडेलबाट पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे
महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे
प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित
प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !

तपाईंले छुटाउनुभयो कि?