ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
१० कात्तिक, कैलाली । जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।
आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया