‘शेरबहादुरजीबाट पार्टी चल्दैन’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २९, २०७६
|
|
६४ पटक हेरिएको
Shares
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’

सारांश

  • डा.
  • सशांक कोइरालास् शेरबहादुरजीले महाधिवेशनको मिति तोक्नुभन्दा पहिले परामर्श गर्नुपथ्र्यो ।
  • समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ नि ।

डा. सशांक कोइरालास् शेरबहादुरजीले महाधिवेशनको मिति तोक्नुभन्दा पहिले परामर्श गर्नुपथ्र्यो । समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ नि । तर, उहाँले एकलौटी गर्न खोज्नुभएको त्यो दुर्भाग्य हो ।

शेरबहादुरजी एलौटी ढंगले अगाडि जान चाहनुहुन्छ । हाम्रो विमति कार्यतालिका दिएकोमा होइन । हाम्रो विमति त यतिमात्रै हो, उहाँले हामीसँग परामर्श किन गर्नुभएन ? हामी सबै मिलेर त्यही मिति तय गरेको भए के बिग्रिन्थ्यो र ? शेरबहादुरजीले किन सहमति गर्न चाहनुभएन ? त्यसैमा शंका उत्पन्न हुन्छ । अब महाधिवेशनको निर्णय उहाँले सच्याउनु नै भएन भने हाम्रो के विकल्प रहन्छ र । महाधिवेशनमा त जानैपर्छ नि ।

कांग्रेसमा शेरबहादुरजीसँग मात्रै पकड छ ? हामीसँग पनि पकड छ नि । २८ बाट ४७ विभाग बनाउनुभयो । त्यो पनि सहमतिमा आउन सक्थ्यो । अहिले विभाग किन बनाउनुभयो ? यी सबै बहाना पार्टीलाई आफ्नो कब्जामा ल्याउने रणनीति मात्रै हो । पहिलो ६ महिनाभित्रै उहाँले विभागहरु गठन गर्नुपथ्र्यो । यत्रो चार वर्ष किन गर्नुभएन, अन्त्यमा आएर फेरि किन गठन गर्नुभयो ? अहिले विभाग बनाएर पार्टीलाई के उपलब्धि ? विभाग बनाउनुको कारण खाली मान्छे चोर्नलाई मात्रै हो । हाम्रोतर्पmको मान्छे पनि चोरेर उहाँले बनाइदिनुहुन्छ । उहाँ पार्टी कब्जाको रणनीतिमा हुनुहुन्छ ।

अब महाधिवेशन आउन १३ महिना बाँकी छ । त्यो समयमा हामी गाउँगाउँमा गएर माहोल सिर्जना गर्छौं । हाम्रो गुटमा सबैको एउटै धारणा के छ भने, ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन त्यो जोगाउन हामी एक ठाउँमा उभिनुपर्छ, यति त छ ।’ हाम्रो गुटबाट एकजना मात्रै क्यान्डिनेट दियौं भने त शेरबहादुरजी हार्नुहुन्छ ।

एउटै मात्र उम्मेदवारी दिने गम्भीर विषय छ, यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टी्भित्र गम्भीर खतरा उत्पन्न हुन्छ । कांग्रेसलाई एक बनाउने सबैभन्दा ठूलो भूमिका सभापतिको हुन्छ । त्यसैले सभापति नै परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ । शेरबहादुरजीको नेतृत्व भएसम्म काँग्रेस एक हुँदैन ।

अहिले सदनमा हाम्रो स्वर कमजोर छ, त्यसलाई बलियो बनाउन देशभरबाट जिताएर ल्याउनुप¥यो । त्यसको लागि सभापति परिवर्तन गरेर बलियो बनाउनुप¥यो । सभापति परिवर्तन नहुँदासम्म न हामीमा एकता हुन्छ, न उभो लाग्छौं । शेरबहादुरजी असफल हुनुभयो । उहाँ एउटा गुटमा मात्रै सभापति हुनुभयो, सम्पूर्ण कांग्रेसको सभापति हुनुप¥यो । महाधिवेशनपछि पनि कांग्रेस एक जुट भएर हिड्नु्प¥यो । त्यो भएको खण्डमा हाम्रो बहुमत पनि आउँछ, सरकार पनि बन्छ । ऋषि धमलासँगको अन्तवार्ताको सम्पादित अंश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो:  सभापति देउवा
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो: सभापति देउवा
नेपाली साहित्यमा नयाँ अभ्यास, घोस्ट राइटिङ
नेपाली साहित्यमा नयाँ अभ्यास, घोस्ट राइटिङ
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
सुनको मूल्य स्थिर रहँदा चाँदी २५ रुपैयाँले घट्यो
सुनको मूल्य स्थिर रहँदा चाँदी २५ रुपैयाँले घट्यो
उदयपुरमा शुरु भयो क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता
उदयपुरमा शुरु भयो क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता
भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

तपाईंले छुटाउनुभयो कि?