एउटै गाउँबाट तीन करोडको माला बिक्री

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
५७ पटक हेरिएको
Shares
एउटै गाउँबाट तीन करोडको माला बिक्री

सारांश

  • भक्तपुर, ३१ असोज तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।
  • तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् ।
  • आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताउनुभयो ।

भक्तपुर, ३१ असोज तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।

तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् ।

आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताउनुभयो । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ ।

स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउनुहुन्छ । तिहारमा फूल बेचेर प्रत्येक परिवारले रु एक लाखदेखि रु आठ लाखसम्म कमाउने गरेका छन् । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताउनुभयो । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उहाँले बताउनुभयो ।

अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् । कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ ।

जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा रु ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

(https://vallartainfo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार
विश्वकप फुटवल हेर्ने क्रममा वडा सदस्यले गरे चक्कु प्रहार
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’
‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’

तपाईंले छुटाउनुभयो कि?