एकै दिन १७ जनासँग…….

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
एकै दिन १७ जनासँग…….

सारांश

  • काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ।
  • काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो।
  • अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणिक रहेको बताए।

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो।

अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणिक रहेको बताए। कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा ब्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो। कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन्।

१५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ। आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहडमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ। भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हुँदै उनीहरू डिस्कोसम्म पुग्छन्। यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अबैध र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाकोे बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ। यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
गृहमन्त्रीलाई प्रहरी महानिरीक्षकको फुली, अब के होला ?
गृहमन्त्रीलाई प्रहरी महानिरीक्षकको फुली, अब के होला ?
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस
साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
भारत सरकारद्धारा निर्वाचन आयोगलाई ८० वटा उपहार
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान

तपाईंले छुटाउनुभयो कि?